भृकुटीमण्डपका १०३ सटर भाडामा, न्यूनतम मासिक दर ५ लाखदेखि ६ लाख ४७ हजार रुपैयाँ तय

१० बैशाख २०८३, बिहीबार १०:२६

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भृकुटीमण्डपमा रहेका सटरहरू भाडामा दिने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका–२८ स्थित भृकुटीमण्डप क्षेत्रभित्रका ‘ब्लक बी’ र ‘ब्लक सी’ मा रहेका सटरहरू भाडामा दिने निर्णय गरेको जनाएको छ ।

कम्पनीका अनुसार ब्लक ‘बी’ मा ५२ वटा र ब्लक ‘सी’ मा ५१ वटा गरी कुल १०३ वटा सटर भाडामा उपलब्ध गराइनेछन् । ब्लक ‘बी’ का सटरहरूको न्यूनतम मासिक भाडा (बहाल करसहित) ६ लाख ४७ हजार ५२० रुपैयाँ तोकिएको छ भने ब्लक ‘सी’ का सटरहरूको न्यूनतम मासिक भाडा ५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र १ हजार रुपैयाँ (फिर्ता नहुने) तिरेर दरभाउपत्र खरिद गर्नुपर्नेछ । खरिद गरिएका दरभाउपत्रहरू आठौं दिन अपराह्न १२ बजेसम्म पेश गर्नुपर्नेछ भने प्राप्त दरभाउपत्रहरू सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*