फरवार्ड माइक्रोफाइनान्सको सीईओमा कृष्णप्रसाद भट्टराई नियुक्त
१४ बैशाख २०८३, सोमबार ०९:०१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन्।
कम्पनीको वैशाख १२ गते शनिबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कृष्णप्रसाद भट्टराईलाई सोही दिनदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो।











