उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई प्रहरीद्वारा पक्राउ
१० बैशाख २०८३, बिहीबार १८:३९

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रही कोष दुरुपयोग गरेको आरोपमा सोही कम्पनीका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले आज नक्सालबाट पक्राउ गरिएको हो । उनी आजै मात्र भैरहवाबाट काठमाडौं आएका थिए । भारत भाग्ने तयारी गरेर भैरहवा पुगेका शेखरलाई दिनभरी प्रहरीले चासो नदिएपछि साँझ काठमाडौं फर्केका थिए ।











