सीडीएससीको कामु प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई
१४ बैशाख २०८३, सोमबार १४:५७

काठमाडौं । नेप्सेको सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा कायम मुकायमु कामु प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई सुम्पिएको छ।
आइतबार बसेको सीडीएससी सञ्चालक समितिको बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेको निर्णयलाई कार्यान्वयन गर्ने औपचारिक निर्णय गरेको छ।
पन्दाकलाई जिम्मेवारीबाट मुक्त गरिएसँगै हिजोकै बैठकले सीडीएससीको ुकायम मुकायमु ९कामु० प्रमुखको जिम्मेवारी कन्चन सापकोटालाई सुम्पिएको हो। सापकोटा हाल सीडीएससीमा प्रशासन र मानव संशाधन ९ज्च्० विभागको प्रमुखको रूपमा कार्यरत थिइन्।











