९ महिनामा सिद्धार्थ बैंकको नाफा २ अर्ब, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?

१५ बैशाख २०८३, मंगलवार ०५:३४

काठमाडौँ । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ६ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ पुगेको हो ।

९ महिनाको अवधिमा बैंकको सञ्चालन नाफा पनि २३.४५ प्रतिशतले बढेर २ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा २ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १८ अर्ब २९ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १५ अर्ब ३ करोड ७५ लाख रुपैयाँबाट बढेर १६ अर्ब ४३ करोड २० लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १८ करोड ८४ लाख रुपैयाँबाट बढेर ८३ करोड ६९ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको खराब कर्जा ४.०४ प्रतिशतबाट घटेर ३.७१ प्रतिशत पुगेको छ ।

यता, बैंकको प्रति शेयर आम्दानी १७.६२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २१६.७३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*