महालक्ष्मी विकास बैंकको नाफा ४६ करोड, ईपीएसहित अधिकांश सूचकमा सुधार

१५ बैशाख २०८३, मंगलवार ०८:३८

काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकले ४५ करोड ९९ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको नाफा ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५३ करोड ६४ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर १ अर्ब ६३ करोड २३ लाख रुपैयाँ पुगेको हो ।

यसअवधिमा बैंकको सञ्चालन नाफा समेत १०.४३ प्रतिशतले बढेर ६९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ६२ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १० करोड ९९ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

यता, बैंकको चुक्तापूँजी ४ अर्ब २९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने पुगेको छ भने जगेडा कोषमा २ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

बैंकको खराब कर्जा भने बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४.९९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ६.५९ प्रतिशत पुगेको छ ।

तेस्रो त्रैमाससम्मको अवधिमा प्रतिशेयर आम्दानी १३.५५ रुपैयाँबा बढेर १३.५९ रुपैयाँ पुगेको छ भने १६२.०१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*