भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी

काठमाडौं। चाडपर्वको अवसर पारेर सञ्चालन गरिएको विशेष योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटमा किनमेल गर्ने दुई जना ग्राहकले विद्युतीय सवारी जितेका छन्। स्टोरमा न्यूनतम २५ सय रुपैयाँ बराबरको सामान खरिद गर्ने ग्राहकहरूबाट गोलाप्रथामार्फत दुई जनालाई टाटा पन्च ईभी प्रदान गरिएको हो।
सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार कलंकीकी रोशनी सिंह र पाटनकी समिता प्रधान विजेता बनेका छन्। प्रधानले नेपाल पेमार्फत क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्दा योजनामा सहभागी भएकी थिइन्।
टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र भाटभटेनी सुपरमार्केटबीच सहकार्य गर्दै ‘भाटभटेनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ’ भन्ने नारासहित योजना सञ्चालन गरिएको थियो। उक्त योजना दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याइएको थियो।
योजना अन्तर्गत पुष १६ गतेसम्म भाटभटेनीका विभिन्न शाखाबाट किनमेल गर्ने ग्राहकहरू सहभागी भएका थिए।











