बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१६ बैशाख २०८३, बुधबार १५:०१

काठमाडौँ । शेयर बजार आज पनि राताम्य भएको छ । पछिल्लो केहि दिन यता बजार निरन्तर सुस्त बन्दै गएको हो । बजार ओरालो लाग्दा लगानीकर्ताको मनोबल समेत कमजोर बनेको छ ।
कारोबार रकम समेत खुम्चिदै गएको छ । यसदिन ५ अर्बको कारोबार भएको हो ।
यसदिन रिलायन्स मिल्स र पाल्पा सिमेन्टको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । साथै, सोलु हाइड्रोपावर, नेशनल हाइड्रो र एसवाई प्यानलको शेयर सर्वाधिक किनबेच भएको हो ।












