बैंक कर्मचारीमाथि आक्रमण गर्न उक्साउने संग्रौला पक्राउ

१६ बैशाख २०८३, बुधबार १८:३६

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू घरमै पुगेर ऋण असुली गर्दा कालोमोसो दल्ने र भौतिक आक्रमण गर्ने जस्ता उत्तेजक अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

बुधबार ४५ वर्षीय देवीप्रसाद संग्रौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार संग्रौलाले सामाजिक सञ्जाल तथा निगरानी टेलिभिजनमार्फत बैंक तथा वित्तीय संस्थाविरुद्ध उत्तेजक अभिव्यक्ति दिँदै आएका थिए । उनले विभिन्न जिल्लामा पुगेर ऋण लिएका व्यक्तिहरूलाई भेला गराई बैंक तथा वित्तीय संस्थाप्रति भड्काउने गतिविधि समेत गरेको आरोप छ ।

संग्रौलाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू ऋण असुलीका लागि घरमा आएमा लखेट्ने, कालोमोसो दल्ने तथा भौतिक आक्रमण गर्ने जस्ता कार्यका लागि उक्साउने अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*