दोर्दी खोला जलविद्युतलाई आयोगबाट कम अनुपातमा हकप्रद निष्काशनको पूर्वस्वीकृति

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको हकप्रद शेयर निष्काशन योजना संशोधन भएको छ। कम्पनीको वार्षिक साधारणसभाले स्वीकृत गरेको प्रस्तावभन्दा कम अनुपातमा विद्युत नियमन आयोग बाट पूर्वस्वीकृति प्राप्त भएको हो।
कम्पनीले गत पौष २९ मा सम्पन्न साधारणसभाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँको १ः०.५६६२१२७९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। सोही अनुसार पूर्वस्वीकृतिका लागि आयोगमा निवेदन दिइएको थियो।
तर आयोगले वैशाख १५ गतेको पत्रमार्फत कम्पनीलाई चुक्ता पूँजीको १ः०.२८८ अनुपातमा मात्र हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको जनाएको छ। उक्त अनुपात अनुसार कम्पनीले ६० करोड ८२ लाख ५४ हजार ९९२ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न पाउनेछ।
कम्पनीले सोही स्वीकृत अनुपातअनुसार आगामी प्रक्रिया अघि बढाउने जनाएको छ। दोर्दी खोलाले वाणिज्य बैंकको ऋण चुक्ता गर्ने प्रयोजनार्थ हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
1777466175925 (1)










