रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
१७ बैशाख २०८३, बिहीबार १८:११

काठमाडौँ । रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ।
थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा जिप करिब ८ सय मिटर तल भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनास्थलमा पुगेको प्रारम्भिक उद्धार टोलीले १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।











