बालेनले चलाएको राज्य आतंकप्रति रास्वपाकै कार्यकर्ताहरु असन्तुष्ट, भित्रभित्रै भुसको आगो झै फैलिँदै

काठमाडौं । पुराना संसदवादी दलहरुले देशमा विकास र समृद्धि दिन नसकेको भन्दै जनपक्षीय शासन व्यवस्थाका लागि नयाँ राजनीतिक दललाई छानेका जनता यतिबेला आतंकित र त्रसित छन् । सिंगो देशका जनतालाई त्रसित र आतंकित बनाउने गरी अहिले बालेन्द्र शाह नेतृत्वको सरकारले चलाएको राज्य आतंकप्रति देशैभरिका रास्वपाकै कैयौं बौद्धिक नेता कार्यकर्ताहरु असन्तुष्ट रहेको पाइएको छ ।
बालेन नेतृत्वको सरकारले चलाएको सुकुम्बासी बस्ती हटाउने अभियान, भन्सारमा दिएको दुःख र सास्ती, पसल पसलमा पुगेर नगर प्रहरीले मच्लाएको आतंक आदि घटनाहरुमा सरकारको रवैवाले पार्टीभित्रभित्रै भुसको आगो झै असन्तुष्टी चुलिँदै गएको पाइएको छ ।
बिशेषगरी काठमाडौं, हेटौडा, जनकपुर, बीरगन्ज, झापा, बुटवल तथा पोखरामा रहेको रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरुले सरकारले चलाएको राज्य आतंकप्रति आश्चर्य मात्रै व्यक्त गरेका छैनन्, रास्वपाको राजनीतिक भविष्य सकिन लागेको रुपमा चिन्ता र चासो व्यक्त भइरहेको छ ।
बीमापोष्टको सम्पर्कमा आएका राजधानी बाहिरका एक रास्वपाका कार्यकर्ताले भने, ‘यो गलत भयो । हामीले के भनेर जनताको बीचमा जाने ? हिजोका दिनामा कांग्रेस एमाले जनता विरोधी भयो भनेर गाली गरेर माया, सम्मान र सद्भाव अनि एकता ल्याउँछौं भनेर भोट मागेका थियौं तर आज सडकमा जनताको चित्कार सुन्न सत्ता तयार छैन । देशैभरि आक्रोस र आसुको भेलमा बगिरहेको छ, सरकार मैमत्त बौलाहा हात्ति जस्तै देखिएको छ ।’
सरकारले चलाएको राज्य आतंकको विरोध पार्टीभित्र तलदेखि माथिसम्म गरिएको भएपनि कुनै सुधार नभएकोमा सबैभन्दा धेरै चिन्ता नेता कार्यकर्ताहरुले गरेका छन् । केही दिन पहिले काठमाडौंकी सांसद रञ्जु दर्शनाले पनि सरकारले चलाएको राज्य आतंकलाई सिधा विरोध नगरी नरम भाषामा गलत भएको टिप्पणी गरेकी थिईन् ।
यतिबेला राज्य आतंकका विरुद्धमा कोही बोल्ने अवस्थामा छैन । सिंहदरवारभित्र कर्मचारीहरु कट्टुमा पिसाब फेर्ने गरी डराएको अवस्था छ भने न्यायालयमा न्यायाधीशहरु समेत स्वतन्त्रपूवृक न्याय सम्पादन गर्ने अवस्था छैन । प्रेसको भूमिका प्रभावकारी हुन सकिरहेको छैन । नागरिक समाज, मानव अधिकारकर्मीहरु सबै बेपत्ता भएका छन् । पुराना संसदवादी दलहरु सतोपुत्लो गएर कोमा पुगेका अवस्था छ ।
जनमतको भारीले सर्वत्र थिचिएको बेला सरकारले चलाएको राज्य आतंकले सिंगो देश त्रस्त हुँदा रास्वपाभित्रका बौद्धिक, मानव अधिकार, जनाधिकार बारे ज्ञान भएका थुप्रै कार्यकर्ताहरुले सरकारको कार्य गलत भएपनि खुलेर बिषयबस्तु समेत राख्न नसक्ने अवस्था देखिएको छ । यद्यपि हिजो बिहिबार भने देशैभरिबाट धेरै दवाव पार्टी केन्द्रीय कार्यालयमा आएको बुझिएको छ ।
पछिल्लो साताभने देशैभरिबाट रास्वपाका इमान्दार, जनताको समस्या बुझ्ने नेता कार्यकर्ताहरुले पार्टीभित्र असन्तुष्टी जनाउन थालेका छन् । स्रोतका अनुसार जिल्ला जिल्लाबाट असन्तुष्टी जनाउने कार्यहरु अहिले तीव्र गतिमा बढिरहेको छ ।











