नेपाली सेनामा ठूलो संख्यामा खुल्यो भर्ना (सूचना सहित)

काठमाडौं । नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुलेको छ। स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी) पद खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको हो।
सम्बन्धित पदका लागि तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम् तोकिएको भर्ना छनौट केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी पेश गर्न वा नेपाली सेना भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टलबाट विद्युतीय (अनलाइन) माध्यमबाट फाराम भरी सोको प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना छनौट केन्द्रमा दरखास्त पेश गर्न सकिनेछ।
दरखास्त आज वैशाख १८ गतेदेखि जेठ १६ गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म बुझाउन सकिनेछ।













