सामसङ नेपालको ‘रेमिटमा बेनिफिट’ योजना, यस्ता छन् लाभ

१८ बैशाख २०८३, शुक्रबार ०८:५४

काठमाडौं । सामसङ नेपालले “रेमिटमा बेनिफिट क्याम्पेन” नामक योजना घोषणा गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गरी ल्याइएको यस योजनाले विदेशबाट आउने रकमलाई जीवनस्तर सुधार गर्ने अवसरका रूपमा प्रयोग गर्ने उद्देश्य राखेको छ।

कम्पनीका अनुसार विदेशबाट आउने रकम केवल पैसा मात्र नभई त्याग, सपना र जिम्मेवारीको प्रतीक हो। यही सोचका आधारमा ल्याइएको यस योजनाले प्रवासमा रहेका नेपालीको योगदानलाई सम्मान गर्दै उनीहरूका परिवारलाई आधुनिक प्रविधिमा सहज पहुँच दिलाउने लक्ष्य लिएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले मोबाइल फोन, टेलिभिजन, फ्रिज र कपडा धुने मेसिन खरिद गर्दा अधिकतम ६ प्रतिशतसम्म नगद फिर्ता सुविधा पाउनेछन्। त्यस्तै एनसेलमा रिचार्ज हाल्दा अधिकतम १८० गिगाबाइटसम्म थप डाटा उपलब्ध गराइनेछ भने ग्राहकहरूले २४ महिनासम्म किस्ताबन्दी (ईएमआई) मा सामान खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। यसले परिवारको मासिक खर्च घटाउँदै गुणस्तरीय प्रविधिमा पहुँच बढाउने कम्पनीको विश्वास छ।

यो योजना कार्यान्वयनका लागि आइएमई रेमिट, खल्ती, एनसेल, हुलास फिन सर्भ, हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापार लिमिटेडसँग सहकार्य गरिएको छ। यस सहकार्यले देशभरका ग्राहकलाई सेवा लिन सहज बनाउने अपेक्षा कम्पनीले गरेको छ।

यस योजना उपयोग गर्न पहिले आइएमई रेमिटमार्फत विदेशबाट आएको रकम प्राप्त गर्नुपर्नेछ। त्यसपछि प्राप्त कन्ट्रोल नम्बर लिएर नजिकको पसलमा गई आवश्यक सामग्री छनोट गर्न सकिनेछ। आवश्यक परेमा वित्तीय संस्थामार्फत किस्ताबन्दी सुविधा लिन सकिनेछ। मोबाइल फोन खरिद गर्दा एनसेलको सेवा लिएर थप डाटा सुविधा पाउन सकिनेछ भने खल्तीमार्फत नगद फिर्ता पनि उपलब्ध गराइनेछ।

कार्यक्रममा सामसङ नेपालका मोबाइल व्यवसायका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले विदेशबाट आउने रकमलाई लाखौं नेपालीको आशा र भविष्यसँग जोडिएको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यस योजनाले प्रविधिलाई अझ सहज र किफायती बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार यो योजना विशेष रूपमा आइएमई रेमिटमार्फत कारोबार गर्ने सेवाग्राही र उनीहरूका परिवारका लागि लक्षित गरी ल्याइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*