बाटोमा हिंडिरहेका महिलाको सिक्री लुट्ने युवक पक्राउ

१८ बैशाख २०८३, शुक्रबार १०:३६

काठमाडौं । बाटोमा हिंडिरहेका महिलाहरूको सुनको सिक्री लुटपाट गरेको अभियोगमा तारकेश्वर नगरपालिका–५ पैंयाटार बस्ने रसुवा घर भएका २५ वर्षीय विजय तामाङ पक्राउ परेका छन्।

विभिन्न मितिमा चन्द्रागिरी नगरपालिका–६ माथातीर्थ, सोही नगरपालिका–१३ नैकाप, सोही नगरपालिका–७ घुमाउनेस्थित ठाउँहरूमा बाटोमा हिंडिरहेका महिलाहरूको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धान गर्दै जाने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले विजय तामाङलाई बिहीबार तारकेश्वर नगरपालिका–५ पैंयाटारबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*