आइपीओ बाँडफाँड भएका तीन कम्पनीहरु दोस्रो बजारमा सूचीकृत हुन बाँकि

काठमाडौं । सर्वसाधारणमा आईपीओ बाँडफाँट सम्पन्न गरी तीन कम्पनीहरु दोस्रो बजारमा सूचीकृत हुदैंछ ।
एपोलो हाइड्रोपावर , कालिन्चोक हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सले सर्वसाधारणमा आईपीओ निष्कासन प्रक्रिया सम्पन्न गरिसकेका हुन ।
एपोलो हाइड्रोपावरले सर्वसाधारणमा आफ्नो जारी पूँजी ४७ करोड रुपैयाँको ३० प्रतिशतले हुने १४ लाख १० हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन तथा बाँडफाँट गरेको हो । कम्पनीले अन्तिम चरणमा थप सर्वसाधारणमा चैत २६ गतेदेखि वैशाख २ गतेसम्म आईपीओ निष्कासन गरी वैशाख ११ गते बाँडफाँट गरेको हो ।
त्यस्तै कालिञ्चोक हाइड्रोपावरले वैशाख ७ गतेनै आईपीओ बाँडफाँट कार्य सम्पन्न गरेको हो । कालिञ्चोक हाइड्रोपावरले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशतले हुने १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा दोस्रो चरणको आईपीओ चैत २२ गतेदेखि २५ गतेसम्म थप सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो ।
सोपान फर्मास्युटिकल्सले भने वैशाख १७ गते आईपीओ निष्कासन प्रक्रिया सम्पन्न गरेको हो । जारी पूँजी १ अर्ब ७१ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको कम्पनीले अन्तिम चरणको आईपीओ वैशाख ३ गतेदेखि ८ गतेसम्म निष्कासन गरी वैशाख १७ गते बाँडफाँट गरेको हो ।
सोपान फर्मास्युटिकल्सले विक्रम संवत् २०७८ सालदेखि औषधी उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । गत आर्थिक वर्ष ०८१/८२ सम्म भने कम्पनी ३२ करोड ९० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ १५ पैसा र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा छ ।
एपोलो हाइड्रोपावरले सोलुखुम्बु जिल्लामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष ०८१र८२ सम्म एपोलो हाइड्रोपावरको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ९९ पैसा छ ।
त्यस्तै कालिञ्चोक हाइड्रोपावरले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको साँगु ९सोरुन० खोला, राम्पा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजना निर्माणको कुल अनुमानित लागत १ अर्ब २० करोड रुपैयाँ छ ।
कालिञ्चोक हाइड्रोको वास्तविक प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ४९ पैसा छ भने प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७ पैसा छ ।
यी तीनओटै कम्पनीहरुले अंकित मूल्य १०० रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेका हुन । प्राथमिक बजारमा आईपीओ निष्कासन गरी बाँडफाँटपछि कम्पनीको शेयर कारोबारका लागि दोस्रो बजार अर्थात नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत हुनेछन् । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारमा आउने कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य नेप्सेले निर्धारण गर्नेछ











