यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२० बैशाख २०८३, आईतवार ०६:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २० गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.५६ रुपैयाँ र बिक्रीमूल्य १५२.१६ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०९.०९ रुपैयाँ र बिक्रीदर १०९.५२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीददर १०.२९ रुपैयाँ र बिक्रीदर १०.३३ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*