हकप्रद निष्काशनका लागि मेन्छियाम हाइड्रोपावरको विशेष साधारणसभा बस्दै

२० बैशाख २०८३, आईतवार ०६:४८

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको विशेष साधारणसभा आज वैशाख २० गते काठमाडौंको महाराजगञ्जस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ९ बजेदेखि बस्दैछ।

सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने र हकप्रद शेयरबाट प्राप्त हुने रकमको उपयोग बारेमा सञ्चालक समितिले गरेको निर्णय पारित गर्नेछ।

साथै नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने तथा हकप्रद शेयर निष्काशन सम्बन्धमा थप अन्य कार्यहरू गर्न परेमा सोको लागि सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ वैशाख १४ गते कम्पनीले बूक क्लोज गरिसकेको छ। तसर्थ वैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम शेयरधनीहरू सभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*