विमानस्थलबाट स्रोत नखुलेको ११ लाख सहित एकजना पक्राउ

२० बैशाख २०८३, आईतवार ०८:३१

काठमाडौं । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ सहित एकजनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१८ बस्ने ३५ वर्षीय दिलीप तामाङ रहेका छन्।

विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीले वृद्ध एअरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट स्रोत बिनाको ११ लाख रुपैयाँ नगद फेला परेपछि प्रहरीले पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*