कान्तिलोकपथ, अरनिको राजमार्ग र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द

काठमाडौं । केही दिनयता परेको वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न स्थानका सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान साढे ७ बजेसम्म चार मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
प्रहरीका अनुसार ललितपुरको बाग्मती गाउँपालिका–३, पाङ्दुरमा खसेको पहिरोको कारण कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ईकु पहिरोका कारण अरनिको राजमार्ग पूरै बन्द भएको छ।
त्यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्णरूपमा बन्द भएको छ। यता भोजपुरको भोजपुर नगरपालिका–५ बोखिममा बाढी आएको कारण मध्य पहाडी लोकमार्गको बैकल्पिक बाटो एकतर्फी सुचारु गरिएको छ भने माग्दीको अननपूर्ण गाउँपालिका–३ जलथलेमा खसेको पहिरोको कारण बेनी–जोमसोम सडकखण्ड एकतर्फी सुचारु गरिएको छ।












