अभियान लघुवित्तको नाफामा उछाल, अधिकांश सूचकमा भारी वृद्धि

२१ बैशाख २०८३, सोमबार ०८:२५

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमास (चैतमसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको नाफामा अत्यधिक उछाल आएको छ भने अधिकांश सूचक भारी मात्रामा वृद्धि भएको छ।

गत आवको तेस्रो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिसम्म ३३७.७३ प्रतिशतले बढेर ९ करोड ८४ लाख रुपैयाँ नाघेको छ। चालू आवमा कम्पनीको आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज घटेकोले नाफामा उछाल आएको हो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ३ लाख रुपैयाँबाट दोब्बरभन्दा बढीले वृद्धि भई २२ करोड ६० लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १४ करोड ३६ लाख रुपैयाँबाट ७५ प्रतिशतले बढेर २५ करोड १८ लाख रुपैयाँ नाघेको छ।

यससँगै बैंकको सञ्चालन मुनाफा पनि ३ करोड १७ लाख रुपैयाँबाट ३४३.५१ प्रतिशतले बढेर १४ करोड ७ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ५ करोड ९१ लाख ऋणात्मकबाट २ करोड ६१ लाख रुपैयाँ धनात्मक हुन पुगेको छ।

यता कम्पनीको प्रतिशेयर आम्दानी पनि १२ रुपैयाँबाट बढेर ५२.५३ रुपैयाँ पुगेको छ भने खराब कर्जा ६.८४ प्रतिशतबाट घटेर ५.१४ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५७.८४ रुपैयाँ र बेसरेट १०.८४ प्रतिशत रहेको छ।

चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ८४ लाख रुपैयाँ रहेको छ। कम्पनीले चैत मसान्तसम्म ३ अर्ब ५६ करोड रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको कुल सम्पत्तिको मूल्य झण्डै ३ अर्ब ६७ करोड रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*