घोराही सिमेन्टको नाफासहित ईपीएस समेत ऋणात्मक, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । घोराही सिमेन्टको मुनाफा ऋणात्मक नै रहेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको १५ करोड ८६ लाख रुपैयाँ नोक्सानमा रहेको हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी ५५ करोड ४३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । पछिल्लो समय भने कम्पनी ऋणात्मक नाफा घटाउँदै गएको छ ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीले ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ थियो ।
सञ्चालन मुनाफामा कम्पनीले उल्लेख्य सुधार गरेको देखिन्छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीले ३१ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष उक्त मुनाफा मात्र १ करोड ७३ लाख रुपैयाँ थियो ।
समिक्षा अवधिमा कम्पनीले प्रशासनिक र बिक्री वितरण खर्च १३ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
यता, कम्पनीको प्रतिशेयर आम्दानी ३.१६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८.६९ रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको चुक्तापूँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७९ करोड ३२ लाख रुपैयाँ सञ्चिति रहेको हो ।











