अनुसन्धान अवधिभर हिमालयन रि माथि कुनै एक्सन नलिने बीमा प्राधिकरणको निर्णय
२१ बैशाख २०८३, सोमबार १३:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीमाथि अनुसन्धान रहदासम्म कुनै एक्सन नलिने भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान, अख्तियार र सिबिआईको अनुसन्धानको घेरामा रहेको कम्पनीमाथि हिमालयन रि माथि कुनै एक्सन नलिने प्राधिकरणको निर्णय गरेको छ।
प्राधिकरण कम्पनीभित्र बीमा ऐन विपरित काम देखिएपछि स्पष्टीकरण सोधेको थियो । एक अध्यक्ष, संचलकदेखि व्यवस्थापकको समेत जवाफ आईसकेको छ ।
जवाफ पाएर प्राधिकरणले बोर्डमा उक्त जवाफको प्रस्ताव लगिसकेपछि अध्यक्ष सहितका संचालकहरुले अनुसन्धानको घेरामा रहेको कम्पनीमाथि तत्कालै प्राधिकरणले एक्सन लिनु उचित नभएको बताएका थिए ।
सिईओ पौडेल स्वास्थ्य कारणले बिदामा रहेर उपचार गराईरहेकी छिन् ।











