दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
२१ बैशाख २०८३, सोमबार १४:१३

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो । भट्टको हकमा उनकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
सुनुवाइका क्रममा अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।











