सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
२२ बैशाख २०८३, मंगलवार ०७:१२

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज वैशाख २२ गते अन्तिम दिन हो। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि २३ गते बूक क्लोज गर्दैछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्नका लागि जेठ ६ गते बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा बिहान ११ बजे ८औं वार्षिक साधारणसभा बस्दैछ।











