एभरेष्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

२२ बैशाख २०८३, मंगलवार ११:०८

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयका लागि दुई पदमा ११४ जना कर्मचारी मागेको हो ।

बैंकले कस्टमर सर्भिस एसोसिएट्स पदमा ९९ जनाको माग गरिएको छ। यस पदका लागि न्यूनतम शैक्षिक योग्यता १० प्लस टु उत्तीर्ण हुनुपर्नेछ। उम्मेदवारले कम्तीमा ६० प्रतिशत अंक वा २ दशमलव ८ जिपिए प्राप्त गरेको हुनुपर्नेछ। त्यस्तै स्नातक तह उत्तीर्ण गरी कम्तीमा ६० प्रतिशत अंक वा ३ दशमलव जिपिए हासिल गरेका उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्। उमेर हद बैशाख मसान्त २०८३ सम्म २८ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारलाई अधिकतम उमेरमा ५ वर्षको छुट दिइनेछ। सम्बन्धित प्रदेशको स्थायी बासिन्दालाई प्राथमिकता दिइने बैंकले जनाएको छ।

यसैगरी म्यानेजमेन्ट ट्रेनी पदमा १५ जनाको माग गरिएको छ। यस पदका लागि व्यवसाय प्रशासन, वित्त, कम्प्युटर एप्लिकेसन, मानव संसाधन वा समकक्ष विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी न्यूनतम प्रथम श्रेणी वा ३ दशमलव ३० जीपीए हासिल गरेको हुनुपर्नेछ। मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट उपाधि प्राप्त गरेका उम्मेदवार पनि योग्य मानिनेछन्।

इच्छुक उम्मेदवारले २०८३ जेठ ५ गते भित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*