सिवाईसी नेपाल लघुवित्तको सीईओमा राधेश्याम श्रेष्ठ नियुक्त

२२ बैशाख २०८३, मंगलवार ११:१९

काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राधेश्याम श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

श्रेष्ठलाई जेठ १५ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो । यसअघिका संस्थाको सीईओ डोलिन्द्र प्रसाद शर्माले गत चैत ४ गते राजीनामा दिएका थिए ।

उनको राजीनामा चैत २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*