सीईडीबी होल्डिङ्गसले बोलायो साधारणसभा, हकप्रद शेयर पुनः अनुमोदन गर्ने

२२ बैशाख २०८३, मंगलवार ११:२८

काठमाडौं । सीईडीबी होल्डिङ्गस लिमिटेडको वैशाख २२ गते बिहान बसेको सञ्चालक समितिको बैठकले जेठ १४ गते बिहीबार बिहान ९ बजे वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले हकप्रद शेयर पुनः अनुमोदन गर्ने, कम्पनीको जारी पूँजी हेरफेर गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिमा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा वैशाख २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*