अन्ततः राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

२२ बैशाख २०८३, मंगलवार १२:४५

काठमाडौं । बालेन्द्र शाह (बालेन) सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पहिलो पटक सन्देश सहित फिर्ता गरेका थिए।

त्यसरी फिर्ता आएको अध्यादेशलाई मन्त्रिपरिषद बैठकले पुनः हुबहु प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएपछि अब भने राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएपछि ऐन सरह लागू हुने संवैधानिक व्यवस्था छ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सुशीला कार्कीको सरकारले सिफारिस गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपति पौडलेले फिर्ता गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*