समस्याग्रस्त सहकारीको ऋण नतिरे धारा, बत्ति काट्ने चेतावनी

२२ बैशाख २०८३, मंगलवार १३:२९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न आग्रह गरेको छ।

समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिको मातहतमा आएका समस्याग्रस्त सहकारी संस्थाहरूका सञ्चालन, ऋणी सदस्य, व्यवस्थापक, जमानीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी कर्जाको साँवा, ब्याज र हर्जना भुक्तानी गर्न आग्रह गरेको हो।

अन्यथा धारा, बत्ती, सिफारिस आदि सार्वजनिक सेवाहरू बन्द, नाम सार्वजनिकीकरण, कालो सूचीमा नाम समावेश, सम्पत्ति लिलाम र कैद एवं जरिवाना सजाय समेत भोग्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*