याम्बालिङ हाइड्रोपावरको आईपीओमा १५ गुणाबढी आवेदन, २ लाख १० हजारले पाउनेछन् शेयर
२२ बैशाख २०८३, मंगलवार १८:०२

काठमाडौँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा १५ गुणा बढीको आवेदन परेको छ । अन्तिम दिनसम्ममा २९ लाख ८९ हजार ८ सय ६९ जना आवेदकले आवेदन दिएका हुन् ।
मुक्तिनाथ क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस कम्पनीको आईपीओमा २९ लाख ८९ हजार ८ सय ६९ जना आवेदकले आवेदन दिएका छन्।
कुल ३ करोड २६ लाख ५२ हजार २८० कित्ता बराबरको ३ अर्ब २६ करोड ५२ लाख २८ हजार रुपैयाँको आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि कुल २१ लाख कित्ता शेयर निष्कासन गरेको थियो।
कम्पनीको आईपीओमा २ लाख १० हजारले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । जसमा २७ लाखभन्दाबढीको हात रित्तो हुनेछ ।












