फर्सीको भाउ ८५ प्रतिशतले बढ्यो, अन्य तरकारीको कति?

२३ बैशाख २०८३, बुधबार ०७:५८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख २३ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार हरियो लाम्चे फर्सी ८५ प्रतिशतले महंगिएर ४६ रुपैयाँ पुगेको छ भने हरियो डल्ले फर्सी ६७ प्रतिशतले महंगिएर ३९ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

यता लौका ६३ प्रतिशतले बढेर ४५ रुपैयाँ पुग्दा हाइब्रीड काँक्रो ४२ प्रतिशतले बढेर ४५ रुपैयाँ पुगेको छ। हरियो धनियाँको भाउ भने ३१ प्रतिशतले घटेर ५८ रुपैयाँमा झरेको छ।

हेरौं हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*