युनिक नेपाल लघुवित्तको नाफामा पहिरो, खराब कर्जा १९.५३ प्रतिशत

२३ बैशाख २०८३, बुधबार ०९:३६

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको नाफामा पहिरो गएको छ भने खराब कर्जा (एनपीएल) चुलिएको छ।

गत आवको तेस्रो त्रैमासमा ३ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ५९.६३ प्रतिशतको गिरावट सहित १ करोड ३५ लाख रुपैयाँ खुद नाफामा सीमित भएको छ।

यद्यपि खुद ब्याज आम्दानी १७ करोड २७ लाख रुपैयाँबाट १०.८५ प्रतिशतले बढेर १९ करोड १५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २० करोड ७९ लाख रुपैयाँबाट ११.२७ प्रतिशतले बढेर २३ करोड १३ लाख रुपैयाँ नाघेको छ।

आम्दानीमा वृद्धि भए पनि इम्पेयरमेन्ट चार्ज र एनपीएल बढेको कारण कम्पनीको नाफामा भारी गिरावट आएको हो। इम्पेयरमेन्ट चार्ज ४ करोड ७५ लाख रुपैयाँबाट बढेर ११ करोड ७१ लाख पुगेको छ भने एनपीएल १५.५२ प्रतिशतबाट बढेर १९.५३ प्रतिशत कायम भएको छ।

ईपीएस पनि ३०.०८ रुपैयाँबाट घटेर १२.१५ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २३०.९१ रुपैयाँ र बेसरेट १२.८० प्रतिशत छ। कम्पनीको वितरणयोग्य मुनाफा ३६ लाख रुपैयाँबाट ३३७ प्रतिशतले बढेर १ करोड ५७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष न्यून भएको कारण भारी मात्रामा वृद्धि भएको देखिएको हो।

चुक्ता पूँजी १४ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १६ करोड ६० लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ग्राहकलाई ३ अर्ब २८ करोड कर्जा प्रवाह गरी २ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य ३ अर्ब ७५ करोड रुपैयाँ नाघेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*