३५ दिनभित्र ऋण चुक्ता गर्न नेशनल लघुवित्तको सूचना

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण लिएका तर लामो समयदेखि किस्ता तथा ब्याज नतिर्ने ८० जना ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ।
कम्पनीले वैशाख २३ गते सूचना प्रकाशित गर्दै ऋणीहरूले विभिन्न शाखाबाट चल–अचल सम्पत्ति धितो राखेर वा बिना धितो कर्जा लिएको तर सहमति अनुसार समयमै सावाँ–ब्याज भुक्तानी नगरेको जनाएको छ। पटक–पटक टेलिफोन, भेटघाट र पत्रमार्फत ताकेता गर्दा पनि बेवास्ता गरिएको कम्पनीले जनाएको छ।
सूचनामा सम्बन्धित ऋणी तथा जमानीकर्तालाई ३५ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न आग्रह गरिएको छ। तोकिएको अवधिभित्र ऋण नतिरे कानुनी प्रक्रिया अघि बढाइने चेतावनी कम्पनीले दिएको छ। निर्धारित समयभित्र भुक्तानी नगर्ने ऋणी र जमानीकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने र प्रचलित कानुनअनुसार उनीहरूको चल–अचल सम्पत्तिबाट बाँकी रकम असुली गरिने कम्पनीले जनाएको छ।













