ढुंगेअड्डामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

२३ बैशाख २०८३, बुधबार १३:५१

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

मुत्यु हुनेमा बा.प्र ०२–०३६ प ०९६६ नम्बरको मोटरसाइकलका चालक कीर्तिपुर नगरपालिका–४ सल्यानटार बस्ने ३० वर्षीय विशाल धामी रहेका छन्।

मंगलबार बिहान भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलंकीमा लगिएको थियो। उपचारको क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो।

ना २ क ३३६ नम्बरको गाडीले ठक्कर दिंदा मोटरसाइकल अनियन्तित्र भई बा ७३ प ९६५० नम्बरको मोटरसाइकलमा समेत ठोक्किन पुगेपछि दुर्घटनामा परेको थियो। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*