अञ्जन श्रेष्ठको नेतृत्वमा महासंघ, अर्थतन्त्रको उन्नयनका निम्ति काम गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।महासंघको अध्यक्षको कार्यभार सम्हाल्नुअघि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहने स्पष्ट पारे। निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य रहेको उल्लेख गर्दै उनले राष्ट्रको समृद्धि आपसी सहकार्यबाट मात्र सम्भव हुने धारणा व्यक्त गरे।
वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ आजदेखि महासंघको अध्यक्ष बनेका हुन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानबमोजिम उनले नेतृत्व सम्हालेका हुन्।
साढे दुई दशकभन्दा लामो समयदेखि महासङ्घमा आबद्ध रहेका श्रेष्ठ व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक समेत हुन्।












