दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासत राख्न अनुमति

२३ बैशाख २०८३, बुधबार १४:४७

काठमाडौँ । विशेष अदालतले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण कसुरको आरोप छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।

बुधबार म्याद थपका लागि दुवै जनालाई विशेष अदालतमा उपस्थित गराइएको थियो। सोही क्रममा अदालतले थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। यो उनीहरूको पाँचौँपटक म्याद थपिएको हो।

यसैबीच, उनीहरूको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्च अदालतमा पनि विचाराधीन रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*