बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
२३ बैशाख २०८३, बुधबार १५:१४

काठमाडौँ । शेयर बजार झिनो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६४ अकंले घटेर २७११.२२ बिन्दुमा कायम भएको हो ।
कारोबार रकम भने खुम्चिएको छ । आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँका सीमित भएको हो ।
फरवार्ड माइक्रोफाइनान्सको १३.७४ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै, अप्पर लोहोरे खोलाको ५.९५ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्ड २ को ५.१६ प्रतिशतले शेयर मूल्य बढेको छ ।













