११ सहसचिवको सरुवा, को कहाँ ?
२३ बैशाख २०८३, बुधबार १६:३४

काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ। यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ।
त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै कार्यरत चन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। अन्य सहसचिवहरूको सरुवासम्बन्धी विवरण पनि सम्बन्धित निकायहरूले सार्वजनिक गर्ने जनाइएको छ।













