कीर्तिपुरमा एक युवकको हत्या
२३ बैशाख २०८३, बुधबार १७:०१

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।
कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।
घटनामाथि छानविन भईरहेको प्रहरीले जनाएको छ।












