सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्री खुला

२४ बैशाख २०८३, बिहीबार ०६:४६

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आज वैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्री खुला गरेको छ। यो सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो।

यस अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा आएको छ। निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंक लिमिटेडलाई र २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ।

यसरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिन्छ। आवेदन दिने अन्तिम मिति वैशाख २९ गते रहेको छ। तर सो अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ७ गतेसम्म लम्बिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*