पन्चासे केबुलकारको आठौं वार्षिक साधारण सभा जेठ १० गते, के के छन् एजेण्डा ?

काठमाडौँ । पन्चासे केबुलकार एंड टुर्स लिमिटेडले जेठ १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बन्दीपुर केबलकार प्राङगण दिउँसो ३ बजेदेखी बस्ने गरि आब्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, सभा अन्य कुनै कम्पनीसँग मर्जरमा जानका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समिति अख्तियारी दिने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश रहेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभामा रहनेछ ।
साथसाथै, सभाले कम्पनीको पुँजि संरचना परिर्वतन गर्ने र सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निधारण गर्नेछ ।












