बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
२४ बैशाख २०८३, बिहीबार १०:४३

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर प्रतितोला पाँच हजार १५५ रुपैयाँमा किनबेच भइरहेको हो ।












