काठमाडौंमा सवारी चलाउँदा होसियार ! एकै दिन २१०५ जनाको चिट काटियो

२४ बैशाख २०८३, बिहीबार ११:००

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकविरुद्ध कारबाहीलाई कडा बनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १०५ जना चालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघनमध्ये सबैभन्दा बढी अन्य विभिन्न नियम पालना नगर्ने १ हजार १६४ जना चालक कारबाहीमा परेका हुन् ।

त्यस्तै, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १९३ जना, ट्राफिक संकेत उल्लंघन गर्ने १३३ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १३९ जनालाई पनि चिट काटिएको प्रहरीले जनाएको छ ।

यसैगरी लेन अनुशासन उल्लंघन गर्ने १३२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ८७ जना र एकतर्फी सडकमा सवारी चलाउने ७९ जना चालकसमेत कारबाहीमा परेका छन् ।

उपत्यकामा सवारी चापसँगै दुर्घटना जोखिम बढ्दै गएकाले ट्राफिक प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*