सर्लाहीमा बसको ठक्करबाट एकजनाको मृत्यु, चालक फरार
२४ बैशाख २०८३, बिहीबार ११:४४

काठमाडौं । सर्लाही जिल्लाको हरीपुर्वा नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ।
हरीपुर्वा नगरपालिका वडा नम्बर ९ खिलास्थित सडक खण्डमा ग १ ख ९४६७ नम्बरको यात्रु बाहक बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृतक महोत्तरी जिल्लाको गौशाखा नगरपालिका वडा नम्बर १२ स्थित कान्तिबजार बस्ने वर्ष ३६ को पप्पु भनी चिनिने श्याम ठाकुर रहेको खुल्न आएको छ।
मोटरसाइकललाई ठक्कर दिएको बसका चालक भने घटना घटाएर फरार भएको प्रहरीले जानकारी दिएको छ। फरार चालकलाई प्रक्राउ गर्नका लागि खोजी कार्य जारी गरिएको प्रहरीले बताएको छ।












