सिन्धुलीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जना घाइते, चालक पक्राउ

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–१ रांगेस्थित मदनभण्डारी राजमार्गमा फिक्कलबाट गाईघाटतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ८२०२ नम्बरको पिकअप जीवन मोडमा अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खेतमा खस्दा ५ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा २४ वर्षीय योग बहादुर खत्री, ६० वर्षीय लाल बहादुर बि.क., ४० वर्षीय सोमबार नेपाली, ६० वर्षीय साने बि.क. रहका छन्। चारैजना सिन्धुलीको फिक्कल गाउँपालिका–१ का ४ का बासिन्दा हुन्। त्यस्तै घाइते हुने अर्का एकजना सिन्धुलीकै तिनपाटन गाउपालिका–१० बस्ने २१ वर्षीय श्याम दुराल रहेका छन्।
प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिएको छ। साथै जीप चालक सिन्धुलीकै फिक्कर गाउपालिका वडा नम्बर १ बस्ने २९ वर्षीय रोशन तामाङलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ।












