यस साता साढे ३३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
२५ बैशाख २०८३, शुक्रबार १९:०६

काठमाडौं । यस साता (बैशाख २१ गतेदेखि २५ गते) दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
सपोर्ट माइक्रोफाइनान्सको ९.५ प्रतिशत र नागरिक लगानीकोषको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सपोर्ट माइक्रोफाइनान्सको बोनस बापतको १ लाख १६ हजार ३२१ दशमलव २७६५ कित्ता र नागरिक लगानीकोषको बोनस शेयर बापतको ३२ लाख ४० हजार ८५६ कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आइरहेको छ ।












