यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
२७ बैशाख २०८३, आईतवार ०७:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २७ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५०.८८ रुपैयाँ र बिक्रीमूल्य १५१.४८ रुपैयाँ कायम भएको छ।
त्यस्तै १० जापानिज येनको खरीददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीददर १०.२९ रुपैयाँ र बिक्रीदर १०.३३ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४९२.७५ रुपैयाँ र बिक्रीदर ४९७.७१ रुपैयाँ कायम भएको छ।













