धनुषामा यात्रुबस पल्टियो, १७ जना घाइते
२७ बैशाख २०८३, आईतवार १०:१३

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिकै पूर्व–पश्चिम सडक खण्डमा यात्रुवाहक बस पल्टिदा १७ जना घाइते भएका छन्।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२३७ नम्बरको बसले अर्काे बसलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई पल्टिंदा बसमा सवार ३३ जनामध्ये चालक सहित १७ जना घाइते भएका हुन्।
दुर्घटनामा परी घाइते भएका यात्रुहरूको उद्धार गरी धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।












