वैशाखभित्रै एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यी माध्यमबाट हेर्न सकिन्छ

२७ बैशाख २०८३, आईतवार ११:१९

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा यही वैशाख महीनाभित्र सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले तयारी गरेको छ।

नतिजा सार्वजनिक गर्ने तयारी गरेसँगै कार्यालयले विभिन्न संस्थाहरूलाई नतिजासम्बन्धी विवरण प्रकाशित गर्न स्वीकृति दिएको छ। नेपाल टेलिकमले एसएमएस/यूएसएसडी र आईभीआर मार्फत र जानकी टेक्नोलोजि प्रा.लि र एम्बिसन गुरु प्रा.लि ले एसएमएस मार्फत विवरण प्रकाशित गर्न अनुमति पाएका छन्।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रणको कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, कान्तिपुर, इडियु सञ्जाल, आइएमई खल्ती, कलेज इन्फो नेपाल, द कनेक्ट प्लस, एनसेल, निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, एन.इ.बी रिजल्ट्स एण्ड निउज र इन्द्रेणी टाइम्स नेटवकर्कको वेबसाइटमार्फत नजिता हेर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*